माघ २० –पाँचथरको हिलिहाङ गाँउपालिका–७, भारपा स्थित सल्लेरी बजार छेउमा शनिबार बिहान ९ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
ताप्लेजुङबाट पाँचथर सदरमुकाम फिदिम आउँदै गरेको मे १ त ३४०६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङ श्रीजङ्गा– ४ का भुपेन्द्र दर्जी र श्रीजङ्गा–२ का कमल भट्टराईको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि ताप्लेजुङ सान्थाक्राका समिर शेर्पा घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको छ । ट्याक्टर सडकबाट करिब एकसय ७० मिटर तल झरेको प्रहरीले जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


