पहिलो चरणमा सम्पन्न मतदानको मतगणना साँझ ५ बजेदेखि हुने

२१ मंसिर । पहिलो चरणमा सम्पन्न मतदानको मतगणना साँझ ५ बजेदेखि हुने भएको छ ।  मंसीर १० मा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान भएको थियो । मतदान सकिएको ११ दिन पछि मतगणना गर्न लागिएको हो ।  पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा सर्वदलिय बैठक सकेर मतगणना शुरु  गर्ने निर्वाचन आयोगले जनाएको छ । मतपेटिकाको शिल तोडी सकेपछि शुरुमा बदर मत छुट्याईने आयोगले जनाएको छ ।  दलका प्रतिनिधीहरुले मतपत्र छुन नमिल्ने गरि मतगणनाको व्यवस्था मिलाइएको छ । दलका प्रतिनीधिहरुले नजिकबाट देख्न मिल्ने तार जाली भित्र निर्वाचन आयोगका कर्मचारीले मत गन्नेछन् ।

पहिलो चरणमा मतदान भएका हिमाली जिल्लाहरु मध्य मनाङ र मुस्ताङको मत परिणाम छिटो आउने अपेक्षा गरिएको छ । ति दुई जिल्लामा मतदाताको संख्या न्युन छ । मनाङमा ५ हजार ८८० र मुस्ताङमा ९ हजार ४२७ मतदाता रहेका छन् । मनाङ र मुस्ताङमा प्रतिनिधी तथा प्रदेश सभाका मतपत्रमा दुई वटा मात्रै चुनाव चिन्ह रहेकोले गणना छिटो सकिने छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com