Arabian passenger boat during blue hour next to kuwait tower

नेपाली बैदेशिक रोजगार धरापमा, एक पछी अर्को सिण्डिकेट लागु हुँदै

बैदेशिक रोजगारिको लागि बिदेश जाने नेपालीहरु एक पछी अर्को पिडामा पर्ने क्रम रोकिनुको साटो झन बढी बढ्न थालेको छ । फ्री भिषा फ्री टिकेटले थला परेको बैदेशिक रोजगारिको ब्यवसाय संबन्धित देश तथा केही स्वार्थ केन्द्रित संस्थाहरुको कारणले थप समस्यामा परेको छ । वैदेशिक रोजगारीका लागि कुवेत जाने नेपालीहरुले अब तोकिएको मेडिकल सेन्टरहरुमा मात्र स्वास्थ्य परीक्षण गर्नु पर्ने भएको छ । यो एक प्रकारको सिण्डिकेट नै हो र यसले नेपाली कामदारलाई थप भार पार्दछ ।

कुवेतको आवासीय मामिला विभागले कुवेत जाने नेपाली कामदारले गर्ने मेडिकल सेन्टरहरु तोकेको हो । विभागले आफ्नो देशमा आउने नेपाली कामदारले १० वटा मेडिकलबाट मात्रै स्वास्थ्य परीक्षण गर्नु पर्ने व्यवस्था गरिएको जानकारी कुवेस्थित नेपाली दूताबासलाई गराइसकेको छ । जुन जानकारी पराराष्ट्र हुँदै श्रम तथा रोजगार मन्त्रालय आइसकेको स्रोतले बतायो । कुवेत सरकारको यो निर्णयसँगै अब कुवेत जाने नेपाली कामदारले सिद्धी पोलि क्लिनिक, हेल्थ केयर क्लिनिक, कान्तिपुर डाइग्नोस्टिक, लाइफ केयर डाइग्नोस्टिक, साउदी नेपाल मेडिक सेन्टर, अलखालिज मेडिकल सेन्टर, रजाम मेडिकल सेन्टर, एक्वा डाइग्नोस्टिक सर्भिस, साइबा मेडिकल र अलमसुर डाइग्नोस्टिक सेन्टरमा मात्रै स्वास्थ्य परीक्षण गराउनुपर्ने छ ।

नेपाल सरकारले बैदेशिक रोजगारिमा जाने कामदारहरुको स्वास्थ्य परिक्षण गर्नको लागि सय भन्दा माथिको संख्यामा मेडिकल सेन्टरलाई अनुमती दिएको मा यसअघि ओमान, साउदी र बहराइन जाने कामदारले मात्रै तोकिएका स्वास्थ्य संस्थामा चर्को शुल्कमा मेडिकल गराउने गरेका थिए । तर, यसको चर्को विरोध भएपछि अहिले क्रेडिट वा मास्टर कार्डमा पैसा तिर्नु पर्ने व्यवस्था गरिएको छ । निश्चित व्यवसायीले श्रम गन्तब्य मुलुकका सरकारी अधिकारीलाई आथिर्क प्रभावमा पारेर सीमित मेडिकलमा मात्रै स्वास्थ्य परीक्षण गराउन व्यवस्था गराउने गरेका छन् ।

नेपाल मा बैदेशिक रोजगारिको लागि जाने कामदारहरुलाई स्वास्थ्य परिक्षाण गराउँदा सामान्यतया तीन हजार देखी चार हजार सम्म लाग्ने गरेको मा हाल आएर केही पहुँचवाला ब्यबसायिहरुले श्रम गन्तब्य मुलुकका सरकारी अधिकारीहरुलाई आर्थिक प्रलोभनमा पारेर माइग्राम्स, बायोमेट्रिक, भिएलन, जिएसजी लगाएतका संस्थाहरुको नाममा अठार हजार भन्दा बढी रकम असुली रहेका छन ।

नयाँ मन्त्रिले श्रम क्षेत्रमा देखिएको समस्याहरु सुधार गर्ने एकोहोरो रटान लगाइरहँदा उनिलाई थप चुनौती बढेको छ । श्रम मन्त्रिले बैदेशिक रोजगारी ब्यवसायमा देखिएको सबैखाले सिण्डिकेटको अन्त्य गर्ने बताइरहँदा कुवेतको आवासीय मामिला विभागले कुवेत जाने नेपाली कामदारले गर्ने मेडिकल तोक्नुले उहाँको सिण्डिकेट बिरुद्दको अभियानलाई थप चुनैती पेस गरेको चर्चा म्यानपावर ब्यबसायिहरु बिचमा चल्न थालेको छ । र यसलाई उहाले कसरी समाधान गर्नु हुनेछ भनी सम्पूर्ण ब्यबसायिहरु चासोका साथ हेर्न थालेका छन ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com