नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधनमा संघीय संसदले शोक प्रस्ताव पारित गरेको छ ।
आज बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठकले पूर्वमन्त्री खड्काको निधनमा शोक प्रस्ताव पारित गरेको हो । २०४८, २०५१ र २०५६ सालमा दाङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट सांसद्मा निर्वाचित खड्काको चैत १६ गते ६७ वर्षको उमेरमा उपचारका क्रममा भारतको नयाँ दिल्लीमा रहेको अपोलो अस्पतालमा निधन भएको थियो ।

English
MTV NEPAL MTVNEPAL


