लामो समय देखी उच्च पदस्थहरुको ब्यक्तिगत घरयासि कार्य प्रयोजनमा रहेका नेपाल प्रहरिका बिभिन्न पदमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सरकारले फिर्ता बोलाउन सुरु गरेको छ । गाडी चालक, सुरक्षा गार्ड लगायत घरयासि काममा रहेका बिभिन्न ७४ जना प्रहरिहरुलाई सरकारले फिर्ता बोलाएको हो ।
प्रहरी प्रधान कार्यालयले नियमविपरीत पहुँचको भरमा निजी सुरक्षा गार्ड र चालकका रुपमा रहेका ७४ प्रहरीलाई फिर्ता बोलाएको छ । उनीहरुलाई पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, पूर्वमन्त्री, उच्चपदस्थ अधिकारीलगायतले बर्षौंदेखि गैरकानुनी रुपमा काममा लगाइरहेका थिए । फिर्ता आएकामा ५७ सुरक्षा गार्ड र १७ जना चालक छन् ।
सरकारले आबस्यकता अनुरुप उच्च पदस्थ ब्यक्तिहरुलाई सुरक्षाकर्मिहरु उपलब्ध गराउने गरेको भए पनि पहुँचको आधारमा धेरै ब्यक्तिहरुले यो सुबिधाको दुरुपायोग गरेको समाचार बाहिर आएपछी सरकारले यसलाई नियन्त्रण गर्न सुरु गरेको हो । प्रहरीका अजनुसार पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, केशवप्रसाद उपाध्याय तथा मीनबहादुर रायमाझीको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाइएको छ ।
कांग्रेस नेतृ एवं पूर्वउपसभामुख चित्रलेखा यादव, पूर्वमन्त्रीहरु नरहरि अचार्य, रमेश लेखक, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाललगायत अन्य नेताहरुले गैरकानुनी रुपमा सुरक्षा गार्डका रुपमा राखेका प्रहरीलाई फिर्ता गरिएको छ ।
उनीहरुले गैरकानुनी रुपमा प्रहरीलाई प्रयोग गरेको सूचना आएपछि फिर्ता बोलाएको जानकारी प्रहरी प्रधान कार्यालयका अधिकारीले दिए ।

English
MTV NEPAL MTVNEPAL


