नयाँ मान्यताका आधारमा छिमेकीसँग सम्बन्ध : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग विगतको अभ्यास र मान्यतामा नभई आजको आवश्यकता र नयाँ मान्यताका साथ सुमधुर सम्बन्ध राखिने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको ६७ औँ साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई बधाई दिन सोमबार पार्टी कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कुनै समयमा विश्वमा उपनिवेशको समय रहेको तर आजको विश्व सार्वभौम मुलुकको स्वाधिनताका आधारमा अघि बढिरहेकाले नेपालीले राष्ट्रको स्वाभिमानप्रति गौरव गर्नुपर्ने उल्लेख गरे  .अब नेपाल तीव्र आर्थिक विकासमा अघि बढ्नुपर्छ ।

अहिलेको समय ठूला मुलुकले सानालाई अन्याय गर्ने समय होइन, संयुक्त राष्ट्रसंघको वडापत्रअनुसार सहअस्तित्वको मान्यताका साथ जानुपर्छ । नेपालमा विकास नुहुनपर्ने कारण छैन, हाम्रा असाधारण स्रोत साधनको भरपूर प्रयोग गर्नुपर्छ ।’ अध्यक्ष ओलीले भने, सार्वजनिक स्वामित्वका उद्योगलाई कमिसनका नाममा बेचेर सखाप पारेर होइन निजी क्षेत्रसँग सहकार्य गरेर नयाँनयाँ उद्योग खोलेर बेरोजगारी र कुशासनको अन्त्य गरेर जनतालाई सेवा दिने गरी आगामी सरकारले काम गर्नेछ ।’ उनले कामचलाउ सरकारले संविधान विपरीत र बजेटमा नभएका कार्यक्रमबारे गरेका सच्याउने पुनः दोहोर्‍याए । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले वाम गठबन्धनले बहुमतसहित निर्वाचन जितेर स्थायी सरकार बन्न लागेकामा उद्योगी व्यवसायीले सकारात्मकरुपमा लिएको बताए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com