देउवाको विकल्प खोज्दै पौडेल पक्ष

वामदेव गौतमलाई बर्दियाबाट चुनाव हराए चर्चामा आएका कांग्रेस नेता सजय गौतमले संसदीय दलको नेतामा देउवाको विकल्प खोजिने बताएका छन् । प्रतिपक्षको सशक्त भुमिका निर्वाह गर्न देउवा नसक्ने बताउदै सांसद गौतमले संसदीय दलको विकल्प खोजिएको बताए । उनले देउवाले वाम गठबन्धनको सरकारलाई चुनौती दिन नसक्ने भएको कारण पार्टी र संसदीय दल दुवैमा विकल्प खोजिने बताए ।  ‘चुनौतीको समाना गर्नु सक्ने सशक्त नेतृत्व चाहिन्छ’, उनले भने, ‘त्यो क्षमता देउवामा छैन।’ गौतमले सशक्त प्रतिपक्षको लागि छाया सरकार बनाउने बैधानिक निर्णय कांग्रेसले गरेको बताउँदै संसदीय दलको नेता नै छाया प्रधानमन्त्री हुने स्पष्ट पारे ।

‘जो संसदीय दलको नेता हुन्छ, उसैले छाया प्रधानमन्त्री भएर प्रतिपक्षको सशक्त भुमिकाको नेतृत्व गर्छ’, गौतमले भने । उनले असमक्ष नेतृत्वकै कारण स्थानीय,प्रदेश सभा र प्रतिनिधि सभामा कांग्रेस पराजित भएको बताए । ‘पराजय नैतिक जिम्मेवारी वर्तमान नेतृत्व लिनुपर्छ’, उनले भने, ‘यही नेतृत्वको असक्षमताका कारण पार्टीले निर्वाचनमा नराम्रोसँग हार्नु पुगेको हो ।’ पूर्व सिँचाई मन्त्री समेत रहेका गौतमले पार्टी र संसदीय दललाई बलियो बनाएर कांग्रेसलाई पुरानै अवस्था फर्काइने समेत बताए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com