दुई राप्रपाबीच एकीकरणको अनौपचारिक छलफल सुरु

केही समयअघि विभाजित बनेका राप्रपा र राप्रपा प्रजातान्त्रिक बीचमा फेरी एकीकरण गर्ने अनौपचारिक छलफल सुरु भएको छ । सरकारमा सहभागी हुने÷नहुने विवादले राप्रपा तीन चिरामा विभाजित भएको थियो। प्रदेश र संघीय निर्वाचनमा विभाजित तीनै दलले लज्जास्पद पराजय बेहोरेपछि फेरि एकीकरणका लागि अनौपचारिक छलफलमा जुटेका हुन्। राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का दोस्रो तहका नेताहरू यतिबेला पार्टी एकताका लागि भन्दै छलफलमा जुटेका छन्। तीन पार्टीबीच एकीकरण नभए अस्तित्व नै समाप्त हुने भन्दै दोस्रो तहका नेताले एकीकरणका लागि पार्टी नेतृत्वमाथि दबाबसमेत दिन थालेका छन्।

राप्रपाका प्रवक्ता सुशील श्रेष्ठले तीनै दलका दोस्रो र तेस्रो तहका नेता कार्यकर्ताले एकीकरणमा जोड दिइरहेको जानकारी दिए। उनले भने, ‘ग्राउन्ड लेभलमा बसेर काम गरिरहेका साथीहरूले एकीकरण गर्नुपर्छ भनेर भनिरहनुभएको छ। उनीहरूमा एक खालको नैराश्यता देखिएको छ।’ उनले केन्द्रीय तहमा नेताहरूबीच छलफल नभए पनि अनौपचारिक रूपमा नेताहरूबीच एकताबारे निरन्तर छलफल जारी रहेको बताए। ‘पार्टी एकीकरण हतारमा गरेर पनि अर्थ छैन, यसका लागि हाम्रा आचरण, व्यवहार पनि सुध्रिनु जरुरी छ’, उनले भने, ‘हामीले ६ महिनाअघि पार्टी एकता भएसँगै विभाजनको पीडा भोगिसकेका छौं। लामो गृहकार्य आवश्यक देखिन्छ।’

राप्रपाको केही दिन अघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीलाई पार्टी एकीकरणका लागि आह्वान गरेको छ। लोकतान्त्रिक र राष्ट्रवादी शक्तिहरू एक ढिक्का भएर वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकता औल्याउँदै राप्रपाले विभाजित दुवै राप्रपालाई एकतामा आउन आग्रह गरेको हो।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com