प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आज विश्वासको मत लिने भएका छन् । हिजो बसेको संसद बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य महन्थ ठाकुरले ओलीले आज विश्वासको मत लिने जानकारी गराएका थिए । आज दिंउसो संसद भवन नँयाबानेश्वरमा वस्ने वस्ने बैठकले उनलाई विश्वासको मत दिने छ । नेपालको संविधानको धारा ७६ को उपधारा ४ मा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त भएका प्रधानमन्त्रीले एक महिनाभित्र संसदमा विश्वासको मत लिनु पर्ने व्यवस्था छ ।
ओली नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् । उनलाई संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी राजपा नेपालले पनि समर्थन गरेका छन् । तसर्थ उनले संसदमा दुई तिहाई बढी मत पाउने अनुमान छ तथापी बहुमतको मत भने पाउने पक्का छ । सरकारमा जाने औपचारिक निर्णय गरेको फोरमले प्रधानमन्त्रीको समर्थनमा मत दिने लगभग निश्चित छ । संसदमा सत्तारुढ दल एमालेको १ सय २१, माओवादी केन्द्रको ५३ सांसद रहेको छ । यस्तै १७ सांसद रहेको राजपा र १ सांसद रहेको राप्रपाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।फोरमको १६ सांसद छन् । त्यस्तै, स्वतन्त्र सांसदको हैसियतमा रहेका राजेन्द्र लिङ्देन, राजमोकी दुर्गा पौडेल र स्वतन्त्र सांसद छक्कबहादुर लामा पनि सरकारको पक्षमा मतदान गर्ने विश्वास गरिएको छ । ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा १ सय ९४ सांसदको समर्थन देखिएको छ ।
दुईतिहाईका लागि १ सय ८२ मत आवश्यक पर्छ । तर, संसदमा प्रतिनिधित्व गर्ने दलहरूको अहिलेसम्मको निर्णयका आधारमा ओली सरकारको पक्षमा दुईतिहाइभन्दा बढी मत देखिएको छ । विश्वासको मत लिन अघि पार्टी एकता प्रक्रियामा रहेका एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठकआज बस्दैछ ।

English
MTV NEPAL MTVNEPAL


