नवलपरासीको त्रिवेणीधाममा माघे औषीमेला भर्न र स्नानका लागि आएको तिर्थयात्री बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन ।
घाईतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जानकारी दिएको छ । भारतको गोरखपुर जिल्लाको कंपियरगञ्जबाट आएको यु पि ५३ बि आर ओ ४२० नम्बरको टयाक्टर त्रिवेणीमा स्नान गरि फर्कदै गर्दा विनयी त्रिवेणी गाउपालिका ६ मा पर्ने ठठियाखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परि ट्याक्टर चालक कंपियरगञ्ज गोरखपुरका ५५ वर्षका चालक साधु केवटको घटनास्लमा नै मृत्यु भएको हो । गम्भिर घाईते हुनेमा रामजी शैनी , किशोर साहानी , अरविन्द चौधरी , भंङ्गीया केवट रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख लक्ष्छुमण वहादुर शाहिले जानकारी दिए । गम्भिर घाईतेको बर्दघाट स्थित सदि स्मृती सामुदायिक अस्पतालमा उपचार भैरहेको छ भने अनयको त्रिवेणीमा उपचार भैरहेको छ ।
ट्याक्टर ओभरलोड भएको र तिब्र गतीका कारण खोलामा पल्टिको हुनसक्ने प्रहरी निरिक्षक शाहिले बताएका छन तर ट्याक्टरमा सवार एकजना तिर्थयात्री राम केवलका अनुसार फर्कनेक्रममा ओरालोमा विपरित दिशाबाट बस तिब्र गतिमा आएको कारण ब्रेक लगाउदा लगाउदै बसले ठक्कर दिदा पल्टिन पुगेको उनले बताएका छन । बस ठक्कर दिएर फरार भएको केवलको भनाई छ ।

English
MTV NEPAL MTVNEPAL


