काठमाडौं, १३ माघ । एकसाता अघि डिल्लीबजार कारागारको तारजाली काटेर भागेका टिकाबहादुर थापामगर ‘टिके’ डाका प्रहरी इन्काउन्टरमा मारिएका छन् । शनिबार चितवनको रामनगरमा उनी प्रहरी इन्काउन्टरमा मारिएका हुन् । टिकेलाई पक्राउ गर्न गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई फायर गरेपछि जवाफी कारबाहीमा टिकेको मृत्यु भएको महाशाखाका एसएसपी दिवेश लोहनीले बताए । यद्यपी अस्पतालले भने पुष्टि गरिसकेको छैन । उनलाई अस्पताल लगिदैछ । एक दर्जनभन्दा चोरी तथा लुटपाटका घटनामा टिके एक वर्षअघि पक्राउ परेका थिए । पुर्पक्षका लागि कारागार चलान भएका टिके ४ माघमा कारागारको तारजाली काटेर फरार भएका थिए । प्रहरीको सुरक्षा घेराभित्रबाटै टिके फरार भएपछि प्रहरीकै मिलेमतो हुनसक्ने भन्दै छानबिन गर्न महानगरीय प्रहरी आयुक्तको कार्यालयले प्रहरी बरिष्ठ उपरीक्षक पूर्णचन्द्र जोशीको संयोजकत्वमा छानबिन समिति समेत बनाएको थियो ।

English
MTV NEPAL MTVNEPAL


