टिकट मात्र थन्किएनन्, सेवा पनि थन्कियो हुलाकघरको

हुलाकको केन्द्रीय टिकट भण्डारमा एक अर्ब ८४ करोड ११ लाख ८१ हजार रुपियाँका टिकट थन्किएका छन् । सरकारबाट पटक पटक प्रकाशन भएका एक रुपियाँदेखि पाँच सय रुपियाँ दरसम्मका नौ करोड ९५ लाख ९९ हजार थान मौज्दात टिकटको मूल्य छ ।
यति धेरै स्रोत निष्क्रिय भए पनि हुलाक सेवा अब थला बसेकै हो त भन्ने प्रश्न उठेको छ ।
टिकटको यो अवस्था रहे पनि हुलाकले आम उपभोक्तामा हुलाक मोह मरिसकेको छ भन्ने ठानेको छैन । विद्युतीय सूचना सञ्जालले बजार ओगटिरहेको आजको अवस्थामा हुलाकको प्रयोग पनि सुस्ताएकै हो भन्ने कुरा अधिकारी मान्न तयार छैनन् । हुलाकको अझै औचित्य छ तर सिर्जनशीलता र नयाँ कार्यक्रमहरूको खाँचो रहेको कतिपय जानकारको भनाइ छ ।

केन्द्रीय टिकट भण्डार सुन्धाराबाट फिलाटेलिक ब्युरोले गत आर्थिक वर्षमा दुई करोड ८९ लाख रुपियाँको टिकट खरिद गरेको छ ।
प्रथम दिवसीय हुलाक टिकटको कारोबारमा फिलाटेलिक अग्रस्थानमा छ । केन्द्रीय टिकट भण्डार सुन्धाराका व्यवस्थापक नारायणप्रसाद पौडेलका अनुसार सुन्धारास्थित गोश्वारा हुलाक, ललितपुर, मकवानपुर, पोखरा, चितवन, मोरङ र झापा अत्यधिक हुलाक टिकट प्रयोग गर्ने अग्रपङ्क्तिमा छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com