जेलमै अनसन बसेका रेशम चौधरी अस्पताल भर्ना

कैलाली । छ दिनदेखि अनसनरत टीकापुर घटनाका आरोपी रेशम चौधरी अस्पताल भर्ना भएका छन् ।

रेशम विश्राम चौधरीको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार सेती अञ्चल अस्पताल भर्ना गरिएको हो । जिल्ला कारागार कैलालीका निमित्त जेलर भक्तबहादुर विष्टका अनुसार विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको स्वास्थ्यमा पनि समस्या देखिएको बताए ।

टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुले तीनबुँदे माग राख्दै आइतबारदेखि अनसन थालेका थिए । उनीहरुले कैलाली १ का सांसद समते रहेका रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जितको प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरूलाई रिहा गर्नुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग अघि सारेका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com