छुटको नाममा सरकारबाटै लुट भएको : सहुलियत पसल

काठमाडौँ — सर्वसाधारणको सुविधाका लागि सञ्चालन गरिएको सरकारी पसलले प्रतिकिलो ११ रुपैयाँ महँगोमा चिनी बिक्री गरेको छ । दसैंरतिहारका लागि सञ्चालन गरिएको सहुलियत पसलले करिब ६५ रुपैयाँ पर्ने चिनी ७६ रुपैयाँमा बिक्री गरेको हो ।साल्ट ट्रेडिङद्वारा काठमाडौंको पुतलीसडकमा सञ्चालित सहुलियत पसलमा दसैंको किनमेल गर्दै उपभोक्ता ।   १३ प्रतिशत भ्याटको ७।४७ रुपैयाँ पनि जोड्ने हो भने ६४ रुपैयाँ ९७ पैसा पर्न आउँछ ।तर, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबारदेखि ४८ स्थानमा सञ्चालन गरेको सहुलियत पसलमा २ रुपैयाँ छुट दिई कायम गरिएको चिनीको मूल्य ७६ रुपैयाँ हो । अझ अन्य केही केही स्टोरहरूले बिक्री गरिरहेको मूल्यसँग तुलना गर्ने हो भने १७ रुपैयाँभन्दा बढी हुन आउँछ । उपत्यकाका केही डिपार्टमेन्ट स्टोरहरूले प्रतिकिलो ५९ रुपैयाँमा चिनी बिक्री गर्दै आएका छन् ।सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएपछि मूल्यमा मनोमानी भइरहेको छ । कतै सस्तो, कतै अत्यधिक महँगो हुने गरेको भेटिएको छ । ‘व्यवसायीसँगको मिलोमतोमा कोटा लगाइयो । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने । उपभोक्ताभन्दा व्यापारीको पक्षमा सरकारले काम गर्दा सर्वसाधारण मारमा परेको उनी बताउँछन् ।सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङले चिनी बिक्री गर्दै आएको छ । पसलहरूको संयोजन वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गर्दै आएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले ७६ रुपैयाँमा बिक्री नभएको दाबी गरे । ‘आइतबार चिनीको मूल्य ५ रुपैयाँ घटाएर ७० रुपैयाँमा बिक्री गरेका थियौं,’ उनले भने, ‘उक्त मूल्य पनि बजारभाउभन्दा बढी देखिएकाले चिनी बिक्री बन्द गरेका छौं ।’ मूल्यको सम्बन्धमा सोमबार पुनस् अनुगमन गरिने उनले बताए । ‘विभागलाई उपलब्ध गराएको मूल्यअनुसार ७० रुपैयाँ नै तोकेको छ,’ उनले भने । मन्त्रालय स्रोतका अनुसार चिनीको मूल्य घटाउन सरकारलाई ठूलो दबाब छ । यो दबाबपछि अर्को निर्णय नहुन्जेलसम्म चिनी बिक्री नगर्न सुपथ पसललाई निर्देशन पनि गइसकेको स्रोतले बतायो ।त्यसयता बजारमा कतिपय व्यवसायीले मनोमानी रूपमा मूल्य बढाएका छन् । सस्तो अर्थात् ५९ रुपैयाँमा चिनी बिक्री गर्ने डिपार्टमेन्ट स्टोरले पनि प्रतिव्यक्ति दुई केजीभन्दा बढी दिने गरेका छैनन् । चिनी उद्योग महासंघका अध्यक्ष शशि अग्रवालले केही व्यवसायीहरूका कारण चिनी महँगो पर्न गएको बताए । हाल महासंघसँग १३ चिनी उद्योग आबद्ध छन् । यी उद्योगले मूल्य अभिवृद्धिबाहेक ५७।५ रुपैयाँमा चिनी बिक्री गर्ने निर्णय गरेका छन् । ‘मूल्य बढाउने काम हाम्रो होइन । साना व्यापारीले कतिमा बिक्री गर्छन्, महासघलाई थाहा हुँदैन,’ उनले भने, ‘त्यो नियन्त्रण गर्ने काम सरकारको हो ।’

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com