छपकैयामा देखिएको सिमा बिबादको निरिक्षण गर्न सिमा क्षेत्र पुगेका अनेरास्वबियु र अखिल क्रान्तिकारीको संयुक्त टोलिले नेपालको सिमा अतिक्रमित भएको निष्कर्श निकालेको छ । दुबै संगठनले भारतीय पक्षले नेपाली भूमि मिचेको ठहर गरेको छ । अनेरास्वबियु अध्यक्ष नबिना लामा र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले एक विज्ञप्ति जारी गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १ स्थित छपकैयामा नेपाली भूमि मिछेर सीमा स्तम्भ गाडिएको अवलोकनका क्रममा पाइएको उल्लेख गरेका छन् ।

अवलोकनको क्रममा स्तम्भ ३९१ देखि ३९३ सम्म करीब १३८ फिटको दरले ३ किलोमिटरसम्म ठाउँठाउँमा नेपाली भूमि मिचिएको देखिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा ऐतिहासिक आधार, भूमिको भोगचलन लगायतका प्रमाणित आधारहरुलाई लत्याएर बनाइएको र गुमहराममा राखिएको स्ट्रि म्यापको अबिलम्ब पुनरावलोकन गर्न, हाल भइरहेको सीमा स्तम्भ निर्माण कार्य तत्काल रोक्न र कुटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न सरकार र सरोकारवाला निकायसँग माग गरिएको छ ।
एम.टि.भि नेपालसँग कुरा गर्दै अखिल अध्यक्ष नबिना लामाले भनिन जसरी भारतीय पक्षले आफ्नो हेपाह प्रव्रीत्ति देखाएर नेपालको सिमा अतिक्रमण गरेको छ त्यसबाट उसको बिस्तारबादी निती उदांगो भएको छ । र हामी राष्ट्रिय अखण्डता र सार्भौमिकता रक्षाकोलागी जुनसुकै मुल्य चुकाउन तयार छौं । त्यस्तै क्रान्तिकारी अध्यक्ष तमाङले भारतीय पक्षको हेपाह प्रब्रित्तिको बिरुद्द डटेर मुकाबिला गर्नुको बिकल्प नरहेको बताउनु भयो ।

English
MTV NEPAL MTVNEPAL


