घाटाको बाहाना देखाउँदै खर्बौ रकम लुटेर ६ वर्ष अघि नै नेपालबाट भाग्दै Ncell, ८० % शेयर नेपालीलाई बेच्दै

नेपालमै सर्वाधिक प्रयोगकर्ताको पहुँचमा रहेको विदेशि टेलिकम कम्पनि Ncell अकुत सम्पत्ति कुम्लयायर नेपालबाट बाहिरिदै छ । मलेसिएन कम्पनी आजियाटाद्धारा सञ्चालित यो कम्पनिको व्यापार सन् २०१६ देखि नै उकालो लागि रहेको छ । यति सम्म कि नेपाली अर्थतन्त्र नै हल्लाउने किसिमको यसको व्यापार छ । नेपालको दूरसञ्चार व्यपारमा Ncellले जति लगानि गरेको थियो त्यसको कयौं गुणा बढी नाफा कमाईसकेको छ । यसले यति धेरै पुंजी बाहिर लगिसकेको छ जसको तपाई हामीले अन्दाज नै गर्न सक्दैनांै तर लगातार व्यापार खुम्चँदै गएकोले व्यापारिक चुनौति बढेको बहाना देखाउँदै अजियाटाले नेपालबाट बाहिरिने निर्णय गरेको हो । Ncellले एक विज्ञप्ति नै जारि गरेर शेयर बिक्रिको घोषणा गरेको छ ।
Ncellको फण्डा पनि गज्जबको छ जो हामी आम शर्वसाधारणले कल्पना पनि गर्न सक्दैनौं । एकातिर जताततै आफ्ना शर्भिस सेन्टरहरु विस्तार गरिरहेको Ncell पटक पटक कम्पनि घाटामा गइरहेको भन्दै मिडियावाजि गरिरहेको देखिन्छ ।

Ncellका प्रयोगकर्ताको संख्या नेपालको कुल जनसंख्याको भन्दा धेरै छ । ३ करोड नेपालको जनसंख्या हुँदा करिब साढे ४ करोड बढी Ncellप्रयोगकर्ता रहेका छन् । जुनसुकै ठाउँमा पनि सहजै उपलब्ध हुने र कम शुल्कमै सिम पाईने भएकाले पनि नेपालमा Ncellका प्रयोगकर्ता धेरै भएको हुन सक्छ । NTCको भन्दा धेरै सुविधा भएको र ईन्टरनेटको लागि पनि सहज हुने भएकाले धेरैजसो युवापुस्ताले Ncellका सिमहरु प्रयोग गर्ने गरेको पाईन्छ । यस्तै प्रायः निजि कम्पनिहरुले पनि विभिन्न प्रयोजनका निम्ति Ncellकै सिम प्रयोग गर्ने गरेको पाईन्छन् । त्यसैकारण पनि अन्य टेलिकम प्रदायक कम्पनिको तुलनामा Ncellका प्रयोगकर्ता दोब्बर छन् । यस हिसाबले Ncellले यताबाट पनि विभिन्न प्याकेजहरुको नाममा प्रयोगकर्ताबाट मासिक अर्बौ रुपैयाँ लुटिरहेको छ । हरेक वर्ष Ncellल आजियाटा लिमिटेडले औसत ९४÷९५ प्रतिशतका दरले लाभांश बाँड्ने गरेको छ । कम्तिमा पनि ९० प्रतिशत घटि लाभांश त यसले बाँडेकै देखिदैन ।

यसरी माषिक अर्बौ कमाउने कम्पनि कसरी घाटामा गयो ? फेरि घाटामा गएको कम्पनिले किन ? र कसरी शर्भिस सेन्टर विस्तार गरिरहेको छ ? यो अत्यन्तै सोचनिय विषय हो ।

Ncellको कर प्रकरणको विषयमा सबै जानकार भएपनि स्वंयम सरकारले नै यसलाई कुनै कारबाहिको दायरामा ल्याएको छैन । सरकारले नै प्रशय दिईरहेको छ । यसो त Ncellको नेपालमा सञ्चालन अवधि अझैं करिब ६ वर्ष बाँकि छ । यो ६ वर्षको अवधिमा अझैं मज्जैले लुट्ने अवसर Ncellलाई छ । तर Ncellले नेपालको दूरसञ्चार क्षेत्रमा गरेको लगानीको कयौं गुणा बढी आम्दानी गरिसकेको छ र अब उसलाई आम्दानीको लागी कानुनी रुपमा आउनुपर्ने कुनै बाध्यता छैन । Ncellलाई न त नाफाको कमी छ न त अर्बौ अर्ब तिरि तिर नविकरण नै हुनुछ । त्यसैले पनि Ncell समयमै कुम्लो कस्ने तरखरमा छ । अझं प्रयोगकर्ताहरुमा आफु चोखो बन्न मिडियाहरुमा अर्बौ घाटा लागेको भन्दै प्रचारबाजी गरिरहेको छ । यता मिडियाहरुले केहि आर्थिक प्रलोभन लागि सत्य तथ्य नबुझी Ncellकै पक्षमा लगातार समाचार सम्पे्रशण गरिरहेका देखिन्छन् ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com