गौचनको हत्यामा संलग्न थप ३ जना पनि प्रहरीको खोरमा

शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष पक्राउ पर्नेमा राजकुमार साह, सूर्य बाजी र श्याम गुप्ता रहेका छन् । उनीहरुमध्ये केहीले अभियुक्तहरुलाई सिमकार्ड दिएका थिए। केही पैसाको लेनदेनमा संलग्न भएको प्रहरीले जानकारी गराएको छ । उनीहरु समातिएसँगै पक्राउ अभियुक्तको संख्या ११ पुगेको छ । घटनामा संलग्न ८ जनालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो । घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेतसहित ६ जना पक्राउ परिसकेका छन् ।

छानबिन समितिले हत्यामा प्रत्यक्ष संलग्न राजीव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलाई पक्राउ गरिसकेको छ। त्यस्तै, घटनामा प्रयोग भएको पेस्तोलसहित बसन्त थेवे र धनराज योङहाङलाई प्रहरीले यसअघि नै पक्राउ परिसकेका छन् । घटनामा सहयोगी भूमिका खेल्ने थप तीन जनालाई पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए । योजनाकार समूहमा रहेका मनोज पुन, गंगा लिङदेन, श्यामबहादुर गुम्बे फरार छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com