२१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन् । झापाबाट आज मात्रै काठमाडौँ आएका ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको मतदान केन्द्र पुगेर ओलीले मतदान गरेका हुन्। झापा क्षेत्र नम्वर ५ मा उम्मेदवारी दिएपनि उनको मतदाता नामावलीमा नाम भने भक्तपुरको बालकोटमा रहेको छ। मतदान पछि सञ्चाकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाका चुनाव नगराउने सबै प्रयासहरु विफल भएको बताएका छन् ।
सकारले आम निर्वान नगर्ने वाहानावाजी गर्दै स्थानीय चुनावलाई तन्क्याएर असोज २ गतेसम्म ल्याएको आरोप समेत लगाए । प्रधानमन्त्री देउवाले चुनाव नगराउनका लागि मतपत्रका बाहानामा आफ्ना सहयोगीहरुलाई अदालतमा पठाएको भएपनि उनको त्यो प्रयास सफल हुन नसकेको आरोप ओलीले लगाए ।

English
MTV NEPAL MTVNEPAL


