Locals protest demanding justice for Nirmala Panta in Kailali district on Sunday, September 23, 2018. Photo: Tekendra Deuba

कुन बाटो जाँदै छ निर्मलाको झानबिन खोजी ?

काठमाडौ ; निर्मलाको हत्या र हत्यारा सँग धेरै रहस्यहरु  जोडिएको छ । यो काण्डको पैच कहाँ सम्म छ कोहिले पनि पत्ता भने लगाउन सकेका छैनन्।कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले अनुसन्धानमा लापरवाही गरेको छानबिन समितिले जनाएको छ। आइतबार सार्वजनिक गरिएको छानबिन प्रतिवेदनमा प्रहरीले खोजतलासमा उदासीन र प्रमाण संकलनमा लापरवाही गरेको उल्लेख छ।निर्मला पन्त हराएको प्रहरीमा जानकारी गराइँदा तत्काल खोजतलासका लागि सम्बन्धित प्रहरी उदासीन रहेको पाइयो’, प्रतिवेदनको निष्कर्षमा भनिएको छ, ‘हत्या घटनासँग सम्बन्धित प्रमाण संकलनमा खटिएको प्रहरीको लापरवाही र हेलचक्राइँ देखियो।’निर्मला बलात्कारपछि हत्या घटनामा प्रहरीको अनुसन्धान शंकास्पद रहेको भन्दै स्थानीयले आन्दोलन गरेपछि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले १० असोजमा गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको थियो।छानबिन समितिले प्रहरीले नै घटनामा प्रमाण लोप गरेको तथा नक्कली प्रमाण समेत बनाएको उल्लेख गरेको छ। समितिका सदस्य कानुन उपसचिव वीरेन्द्रको केसीले यस्तो कार्य मुलुकी अपराध संहिता ९२०७४० बमोजिम भएको थप राय दिएका छन्। यो रायले घटनामा प्रहरीको भूमिका मतियारका रूपमा रहेको जनाउँछ।३७ पृष्ठ लामो प्रतिवेदनले घटनाबारे थप अनुसन्धान गर्नुपर्ने र त्यसका लागि विषयगत विशेषज्ञसहितको टोली चाहिने निष्कर्ष दिएको छ। घटना विवरण प्रकृतिले बलात्कार सामूहिक भएको हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरणराज विष्टले दिएको बयान पनि शंकास्पद रहेको छानबिनको विश्लेषण छ।प्रहरीले घटनालगत्तै अनुसन्धानमा तालिमप्राप्त कुकुर प्रयोग गर्न सकिने अवस्था हुँदाहुँदै पनि नगरेको पनि औंल्याएको छ। त्यस्तै स्थानीय नागरिक र पीडित परिवारको मागअनुसार प्रहरीले अनुसन्धान नगरेको प्रतिवेदनमा छ।घटनासँग सम्बन्धित भित्रीवस्त्र पानीमा चोपलेको र त्यसलाई लोप पारिएको पनि छानबिनले समितिले उल्लेख गरेको छ। निर्मलाका बाबु भारत भएको बेलामा मुचुल्कामा बाबुकै नाममा नक्कली सहीछाप गराइएको पनि जनाइएको छ।गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले प्रतिवेदनको सिफारिसका आधारमा प्रचलित कानुनअनुसार दोषीमाथि कारबाही प्रक्रिया थालिने जानकारी दिए।तर हालसम्म कुनै ठोस सबुत हात लागेको छैन ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com