कतारमा यी ११ नेपाली कोमामा

महेशपुर १ झापाका २९ वर्षीय श्रीबहादुर नेम्वाङ १० वर्षदेखि कतारको हमाद अस्पतालमा कोमामा छन् । अली रामदान ट्रेडर कम्पनीमा काम गर्न आएका नेम्बाङलाई ४ सेप्टेम्बर २००८ मा सडकमा गाडीले ठक्कर दिएको थियो । घाइते नेम्वाङ त्यसै बेलादेखि कोमामा गएका हुन् । उनको थप उपचार नभए पनि हेरचाह भने अस्पतालले नै गरिरहेको छ । उनलाई नेपाल पठाउन अस्पतालले लामो प्रयास गरे पनि परिवारका तर्फबाट कोही पनि बुझ्न आएका छैनन्नेपाली दूतावासका अनुसार नेम्वाङका परिवार दूतावासको सम्पर्कमा छैनन् । हमाद अस्पतालमा नेम्वाङसहित ११ नेपाली कोमामा छन् । यीमध्ये सबैभन्दा बढी समयदेखि कोमामा रहेका उनै हुन् । दूतावासका अनुसार हमाद अस्पतालमा कोमामा रहेका नेपालीमा नउलाखोर परासही–२ धनुषाका विन्दे मुखिया विन, शान्तिनगर–५ दाङका भक्तबहादुर रासकोटी मगर, अनिश गोसल जोगी, जर्मन मुखिया, देवीमान्डु–५ बैतडीका भरतराम यादव लावड, गोविन्दपुर–६ धनुषाका सन्तोषकुमार यादव छन् । त्यस्तै चौखवाङ–९ रुकुमका ललित बुढा, जंगवीर गुरुङ, सुकराज फहिम र चन्द्र गुरुङ कोमामा छन् ।

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका ...

Social Media Auto Publish Powered By : XYZScripts.com