एमाले स्थायी कमिटीको बैठक बस्दै

१६ माघ, काठमाडौं । एकातिर वाम गठबन्धन पछि बन्ने सरकारका विषयमा चर्चा चुलिरहेकै छ भने अर्कातिर अध्यक्षद्धय केपी ओलि र पुष्पकमल दाहालबिच नियमित भेटवार्ता चलिरहेको छ ।
यसैबिच प्रदेश सरकारका मुख्यमन्त्री र सभामुखहरुको चयन प्रक्रियाको मापदण्ड निर्धारण गर्न एमाले स्थायी कमिटी बैठक पार्टी कार्यलयमा बस्दैछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचन र प्रदेशका मुख्यमन्त्री तथा सभामुखहरुको विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
५ नम्बर प्रदेशमा शंकर पोखरेल सर्वसम्मत रुपमा दलको नेता चयन भए पनि अन्य प्रदेशमा भने संसदीय दलको नेता कसरी चयन गर्ने भन्ने बहस भइरहेको छ । बाँकी प्रदेशमा दलको नेता चुनावबाटै चयन गर्ने कि केन्द्रबाट तोक्ने भन्ने विषयमा छलफल हुनेछ ।
एमालेले पाएका चार प्रदेशका मुख्यमन्त्री मध्ये ५ नम्बरमा शंकर पोखरेल निर्विवाद भइसकेका छन् । प्रदेश नम्बर १, ३ र ४ मा दाबेदारहरुबीच सहमति नभएकाले स्थायी कमिटीले मापदण्ड बनाएर चुनाव गर्न दिने वा यसपटकलाई समावेशीता र पार्टी्भित्रको सन्तुलन मिलाउने गरि नेताहरुको सहमतिमा मुख्यमन्त्री तोक्ने भन्ने विषयमा छलफल हुँदैछ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com