एमालेसँगको सत्ताको लेनदेनबारे प्रचण्डले यसरी गरे खुलासा

कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालोमा प्रधानमन्त्री बन्ने तीनबुँदे सहमति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘इमानका साथ’ कार्यान्वयन गरिसके। अब उनी एमाले अध्यक्ष केपी ओलीसँग पनि उसैगरी आलोपालो होला भन्ने आशामा छन्। शुक्रबार भरतपुरमा उनले त्यो ‘सत्ता-सहमति’ बारे पहिलोपल्ट खुलाए।

‘ओलीजी र मेरो बीचमा प्रधानमन्त्रीका लागि आलोपालोको तरिका अपनाउने सैद्धान्तिक सहमति भएकै हो,’ दाहालले भरतपुरको पत्रकार सम्मेलनमा भने, ‘पार्टी एकता संयोजन समिति बैठकबाट अन्तिम टुंगो लाग्नेछ।’ दाहालले वाम गठबन्धन बन्ने बेलामै यस्तो सहमति भएको दाबी गरेका छन्। एमाले र माओवादी केन्द्रबीच असोज १७ गते चुनावी तालमेल हुँदै पार्टी एकतासम्म पुग्नेगरी ६ बुँदे सहमति भएको थियो। यसअघि ओली र दाहालमध्ये एकले पार्टी नेतृत्व, अर्कोले सरकार हाँक्ने सहमति भएको गाइँगुइँ चल्दै आए पनि सरकारै आलोपालो चलाउनेबारे कुनै चर्चा सार्वजनिक भएको थिएन।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com