आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु

पर्साः पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज बिहान भएको आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको छ । गाउँपालिका–२ निवासी इदुमियाँ धुनियाको गोठमा भएको आगलागीमा ५६ खसी–बाख्रा र ५० वटाभन्दा बढी परेवाको जलेर मरेका छन् ।

लामखुट्टे धपाउन बालिएको घूरबाट आगो सल्की आगलागी हुँदा ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । धुनियाको गोठमा भएको आगलागीमा परी बाख्राका पाठा १८, पाठी २६, बाख्रा आठ, विदेशबाट ल्याएका उन्नत जातको बोका दुई र ५० वटा परेवाको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो । उहाँले आगलागीबाट धुनियाको गोठ र त्यसमा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको बताउनुभयो ।

बिहान १ बजे गोठमा भएको आगलागीबाट रु १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान रहेको छ । गोठमा लागेको आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र पोखरियाबाट गएको वारुणयन्त्रको मद्दतले नियन्त्रणमा लिइएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com