पेट्रोल, डिजेल , मट्टितेल संगै खाना पकाउने ग्यासको मुल्य बढेको छ । बढेको मुल्य विहिबार राती १२ बजेदेखि नै लागू भएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल÷मट्टितेलमा ३ रुपैयाँ बढेको हो ।
त्यस्तै, खाना पकाउने ग्यासको एकैपटक २ सय ३५ रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ ।यसअघि पेट्रोल,डिजेको मुल्य बढेपनि ग्यासको मुल्य भने घटेर १ हजार ६ सय ६० थियो । तर अहिले बढेको नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, पेट्रोल काठमाण्डौमा प्रतिलिटर १ सय ८२ र डिजेल÷मट्टितेल प्रतिलिटर १ सय ७० पुगेको छ ।।

English
MTV NEPAL MTVNEPAL


