सोझालाई कर, भ्रष्टलाई सरकारको भर ,,भन्सारको वेथिति अन्त्य कहिले ?

अन्तराष्ट्रिय व्यापार सम्झौता अनुसार पनि चल्नुपर्ने भएकाले भन्सारमा सोचेअनुरुप कडाई गर्न नसकिएको भन्सार विभागका निर्देशक तथा सुचना अधिकारी पुण्य विक्रम खड्काले जानकारी दिए । उनले भने “ हाम्रो जस्तो सानो मुलुक हामीले धेरै कुरा सोचेर चल्नुपर्ने हुन्छ , अन्तराष्ट्रिय व्यापार सम्भौताको कुरापनि हुन्छ । भारत संगको कुरा नै हेर्नुहोस् न भारत संग हाम्रो रोटीबेटीको सम्बन्ध छ व्यपारव्यवसायका मामलामा पनि हाम्रा छुट्टै सहमति सम्झौता हुन्छन् हामीले त्यसरी एको होरो मनपरि तवरले कडाई गर्न मिल्दैन । ”

भारतसंग खुला नाकाका कारण पनि सिमा क्षेत्रका अधिकांस जनता भारतमै किनमेल गर्न जान्छ्न । सामान्य उपभोक्तालाई सहज लागे पनि खुला बजारले नेपाली व्यपारीहरुलाई मारमा पारिरहेको छ भने अबैध कारोबारलाई पनि श्रेय मिलेको छ जस्ले गर्दा सरकारको करोडौंको राजश्व गुमेको छ । यस्तोबचिमा भन्सारका कर्मचारीको बद्मासी पनि उत्तिकै बढ्दो छ । भलै सरकारको राजश्व गुमेको छ तर कर्मचारी खाजश्व चरम उत्कर्षमा पुगेको छ । यो कुरालाई भने खड्का अस्विकार गर्छन । उनले भन्सार कर्मचारीले त्यसो नगरेको बताए । त्यसो गरेको सुचना पाएको खण्डमा त्यस्ता कर्मचारीलाइ कडा भन्दा कडा गरि निलम्बन सम्म गरिने बताए । आफुले सोचे जसरी राजश्व छलि गरेर व्यापार गर्न नपाएको झोकमा व्यापारीले कर्मचारीलाई यस्ता आरोप लाउने गरेको हुन सक्ने उनको तर्क छ ।

विगतका वर्षहरु तुलनामा पछिल्ला वर्षहरुमा राजश्व घट्दै गइरहेको छ । भन्सार चेकजाँचमा पारदर्शिता नहुनुले पनि राजश्व गिरावटमा असर गरिरहेको छ । राजश्व वृद्धि गर्न करको दायरा बढाउनुपर्ने बुद्धिजिविले तर्क दिईरहेको अवस्थामा आयात घटेकाले पनि लक्ष्य अनुरुपको राजश्व संकलन नभएको सुचना अधिकारी खड्काले जानकारी दिए । उनले भने “पहिलेको तुलनामा अहिले आयात नै कम भएको छ जस्को प्रत्यक्ष असर रजश्व संकलनमा पर्छ । फेरि राजश्वमा निर्भर हुनु मात्रै हाम्रो लक्ष्य पनि होईन आन्तरिक उत्पादन बढाएर आन्मनिर्भर हुनु ठुलो कुरा हो । ”
यस्ता समस्या भन्सार, राजश्वमा मात्रै नभएर राज्य संयन्त्रका हरेक निकायको अवस्था उस्तै रहेको उनको भनाई छ ।
उनले भने “यहाँ मात्रै होईन हरेक सरकारी निकायमा एउटै अवस्था छ । तर हामीले भन्सार विभागको काम कारवाहीलाई चुस्त दुरुस्त बनाउन, सेवाग्राहीलाई सहजता प्रदान गर्न अहिले अनलाईन सिस्टम अनुसरण गरेका छौं । त्यस्तै व्यापारीको व्यवसाय सुधारका निमित्त भ्हष्m अयमभ को समेत व्यस्था गरेका छौं । ”
सेवाग्राहीलाई जति सेवासुविधाको वर्णन गरेपनि ठुला व्यापारीको बिगबिगिलाई भन्सार रोक्न सकेके छैन । सवारी साधनकै करा गर्ने हो भने पनि बाहिरबाट सवारी किनेर ल्याउने भन्दा नेपालकै व्यवसायीले उपभोक्तालाई चरम सास्ती दिने गरेको कुरा विधितै छ । सरकारलाई न्युन कर तिरि पार्ट्स मात्र बाहिरबाट ल्यायर नेपालमै सवारी साधन निर्माण गर्ने व्यवसायीले उपभोक्तालाई सस्तो मुल्यमा बिक्रि वितरण गर्नुपर्ने हो तर बाहिरबाट आयात गरेको भन्दा बढी मुल्यमा बिक्रि गरेर सरकारकै अगाडी जनतालाई सोझै लुटिरहेका छन् । त्यसमा सरकारको आँखा पर्दैन अन्तर्राष्ट्रिय विमानस्थललाई नै मार्ग बनाएर करोडौं करोडौं मुल्यको सुन भित्रिन्छ , अवैध कारोबार हुन्छ त्यसमा सरकार अन्धो बन्छ । तर एउटा सामान्य उपभोक्ताले सय रुपैंयाको समान किनेर ल्यायो भने पनि भन्सारमा अनेकौ सोधिन्छ । खाडि मुलुक गएर दुखसुख गरेर जहान परिवारलाई ल्याइिदिएको एउटा फोनमा सरकारको आखाँ पर्छ । ती व्यक्तिलाई कर तिर्न लगाईन्छ । अपराधिलाई झैं व्यवहार गरिन्छ तर ठुलाबडाले अबैध कारोबार गरि अकुत सम्पति कमाउदा कारबाही त कहाँ हे कहाँ उल्टै उसकै सरण पर्छ सरकार ।

आफ्नो नाम बाहिर नखुलाउने सर्तमा भन्सार विभागककै एक उच्च पदस्थ कर्मचारीले सबै घटनाका बारेमा जानकार भएपनि आफुले बाहिर बोल्न नमिल्ने बताए । यस्को अर्थ के त ? सम्बन्धित निकायका कर्मचारीले नै यस्तो प्रतिक्रिया दिएपछि भन्सारको वेथिति कहिल्यै अन्त्य होला ?

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com