प्रेम चन्द्र झा ,काठमाडौं मंसिर ३०.नेपाल चलचित्र विकास बोर्ड ले अध्यक्ष केशव भट्टराईलाई आकस्मिक रुपले गुमायेको छ।२०७५ साल चैत महिना मा निकिता पौडेल ले चलचित्र विकास बोर्ड बाट राजिनामा गरे लगत्तै फिल्म निर्माता तथा अभिनेता केशव लाई बोर्डको अध्यक्षमा नियुक्ति गरियेको थियो ।उनी नेपालका कुशल निर्माता र व्यबहार ले पनि कसैको मन भित्र आफो ठाँउ सहजै बनाउने खाल का ब्यक्ति थिये ।अति मृदुभासी भट्टराई अस्ति एक्कासि बिरामी परेर उहालाइ ॐ अस्पतालमा भर्ना गरियेको थियो । उनको अनुपस्थित नेपाली सिने जगतमा अतुलनीय छती पुर्याउने छ ।अझै धेरै गर्नु छ भनी राख्ने भट्टराई को मृत्युको कारण भने अझै खुल्न सकेको छैन। १/२ दर्जन जति सफल चलचित्र का निर्माता भट्टराई कुशल अभिनय कर्ता पनि थिये।

English
MTV NEPAL MTVNEPAL


