काठमाडौं,४ कार्तिक । मलेसिया स्थित नेपाली दुतावासका कारण नेपालले पाउने मागपत्र गुम्ने सम्भावना बढेको छ । नेपाली दुतावासले फरक फरक समयमा फरक निर्णय गर्नाले नेपाली म्यानपावर व्यवसायीहरु अन्यौलमा परेका छन् । २०७५ जेष्ठ २ गतेबाट मलेसियाको रोजगारी बन्द भयो । १२ कार्तिक २०७५ मा मलेशियासँग द्विपक्षीय श्रम सम्झौता भयोे । मलेसियाको रोजगारी बन्द हुनु पूर्व प्रमाणित भएका मागपत्रलाई मलेसियन दुतावासले फेरि प्रमाणिकरणको नाटक गरेर म्यानपावर व्यवसायीहरुलाई दुःख दिने र मागपत्र गुमाउने प्रपञ्च रचेका नाम नवताउने शर्तमा एक म्यानपावर व्यवसायीले जानकारी दिएका छन् ।
गत वर्ष जेठ २ गतेबाट बन्द भएको मलेसियाको रोजगारी गत भदौ अन्तिम साता खुलेको थियो । मलेसियाको रोजगारी खुलेसँगै नेपाली म्यानपावर व्यवसायीहरुले मागपत्र प्रमाणिकरणको प्रकृया अगाडि बढाउँदा मलेसियास्थित नेपाली दुतावासले मलेसियान कम्पनीहरुलाई झन्झटीला प्रकृया पुरा गर्न लगाएर मागपत्रै गुमाउन लागेको नेपाली म्यानपावर व्यवसायीहरुको आरोप रहेको छ । दुतावासले मलेसियाको रोजगारी बन्द हुनुपूर्व गरेका मागपत्र प्रमाणीकरणलाई पुनः नयाँ मागपत्रलाई जस्तै प्रमाणीकरण गर्नु पर्ने बाध्यताले मलेसियन कम्पनीहरु हैरान परेका छन् । एउटा मागपत्र प्रमाणीकरण गर्न दर्जनौ पटक नेपाली दुतावासले जाँदा पनि कागजात नमिलेको भन्दै फर्काउनाले मलेसियन कम्पनीहरु हैरानीमा परेका छन् ।
मागपत्र प्रमाणीकरण गर्दा पहिला भन्दा अहिले चौबर रकम बुझाउनु पर्ने हुन्छ तर पनि सरल तरिकाले माग पत्र प्रमाणीकरण नहुँदा मलेसिया स्थित नेपाली दुतावास डिमाण्ड स्टेसन जस्तै बनेको छ । दैनिक सयौंका संख्यामा मलेसियन कम्पनीहरु नेपाली दुतावास धाउँछन तर यो मिलेन र त्यो मिलेन भन्दा भन्दै मागपत्र गुम्न थालेको आरोप म्यानपावर व्यवसायीहरुले लगाएका छन् । यो विषयमा परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी संघले कुनै चासो नदेखाएको प्रति म्यानपावर व्यवसायीहरु चकित परेका छन् ।

English
MTV NEPAL MTVNEPAL


