विष्णु गैरेको तेतृत्वमा वैदेसिक रोजगार लोकतान्त्रिक फोरमले उम्मेद्वार छान्यो ।

काठमाडौं,३ असोज । वैदेसिक रोजगार ब्यवसायीहरुको निर्वाचन नजिकदै जाँदा आ–आफ्नो प्यानलका उम्मेद्वार छान्न म्यानपावर व्यवसायीहरु ब्यस्त रहेका छन् । काँग्रेस निकट नेपाल बैदेसिक रोजगार लोकतान्त्रिक फोरमका तर्फबाट विष्णु प्रसाद गैरेको नेतृत्वमा १७ सदस्यीय कार्य समिति घोषणा गरिएको छ ।
अध्यक्षमा विष्णु प्रसाद गैरे,प्रथम उपाध्यक्षमा कमल तामाङ्ग,द्वितिय उपाध्यक्षमा कमल देव मल्ल,तृतिय उपाध्यक्ष किशोर कुमार के.सी.,महासचिवमा सुजित श्रेष्ठ,सचिव मेघनाथ भुर्तेल,कोषाध्यक्षमा ईन्दीरा गुरुङ्ग,सदस्यहरुमा कर्णराज कटुवाल,दिनेश कुमार राय (राहुल),सुरेन्द्र अर्याल,हर्क बहादुर लिम्बु,बिजय लामा,बाबुलाल मगर(नरेन्द्र),केशवराज न्यौपाने,छबिलाल भट्टराई,जङ्ग बहादुर ईजम र लक्ष्मण पौडेल रहेका छन् ।
त्यसै गरी नेकपा निकट प्रगतीशिल वैदेसिक रोजगार मञ्च र नेपाल वैदेसिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका तर्फबाट अध्यक्षमा सरोज कुमार पोखरेल र प्रथम उपाध्यक्षमा हरि बहादुर पाण्डले उम्मेद्वारी दिने निश्चित भएको छ । तराई वैदेसिक रोजगार फोरमले दुई पदाधिकारी द्वितिय उपाध्यक्ष र सचिव सहित दुई सदस्यको दाबी गरेको फेरमका अध्यक्ष शितल प्रसाद यादवले जानकारी दिनु भयो । असोज सात गते सम्पन्न हुने संघको निर्वाचनमा चार गते सम्म उम्मेद्वारी दिने अन्तिम मिति रहेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com