कमिसन दिएर भिसा नकिन्न संघको चेतावनी ।

काठमाडौं,२ असोज । नेपाल र मलेशिया सरकारबिच २०७५ कार्तिक १२ गते भएको द्विपक्षीय श्रम सम्झौता विपरित नेपाली म्यानपावर व्यवसायीहरु मलेशियामा भिसा किन्न गएको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले आपत्ती जनाएको छ । गत वर्ष जेठ २ गतेबाट बन्द मलेशियाको रोजगारी यही भदौ २९ देखि सुचारु भएको छ ।
ग्रैह जिम्मेवार व्यवहार गर्ने म्यानपावर कम्पनीलाई कार्वाही गर्ने चेतावनी दिँदै संघले त्यस्ता खाले गतिविधि गर्ने म्यानपावर कम्पनीहरुलाई कानुनी दायरामा ल्याउन श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागलाई जानकारी दिन बाध्य हुने संघले उल्लेख गरेको छ ।
म्यानपावर व्यवसायीहरु माग पत्र खोज्नकालागि मलेशियाका विभिन्न कम्पनीहरुमा पुगेको जानकारी संघले प्राप्त गरेको संघका अध्यक्ष रोहन गुरुङ्गद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ –मलेसियाका विभिन्न कम्पनीमा आफुलाई नेपालको म्यानपावर व्यवसायीको हुलिया दिँदै मागपत्र –भिसा) किन्न केही ब्यक्तिहरु मलेसियामा बजार प्रवद्र्धन गर्नु सुरु गरेको छ । माग पत्र लिन नेपाली म्यानपावरको नाममा होडबाजी गरिरहेको देखिएको हुँदा त्यस्ता गलत ब्यक्तिलाइ कारबाहीको दायरामा ल्याउन संघ गम्भीर भएको छ । श्रम समझदारीको मर्मलाई सम्मान गर्न अनुरोध गर्दछु,अध्यक्ष गुरुङ्गद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
श्रम समझदारीमा मलेसियाको रोजगारदाता कम्पनीले १४ देखि २७ हजार रुपैयाँसम्म कमिसन उपलब्ध गराउनु पर्ने सहमती भएको छ । उक्त समझदारी विपरित अस्वस्थ्य प्रतिस्पर्धा गरेमा संघले कडा कार्वाहीको दायरामा ल्याउन बाध्य हुने विज्ञप्ती मार्फत जानकारी दिइएको छ । मागपत्र प्राप्त गर्ने वहानामा समझदारी विपरित उल्टो कमिसन दिई भिसा किन्न थालेमा द्विपक्षीय समझदारी बिग्रने आशंकामा संघले मलेसिया कामदार पठाउने व्यवसायीलाई सचेत गराएको हो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com