पहाडी जिल्ला मनाङ ,बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलालगायत जिल्लाका भेगमा वर्षा र हिमपात भएको हो ।सुदूरपश्चिमका डडेल्धुरालगायतका पहाडी जिल्लाहरुमा पुनः हिमपात सुरु भएको र हिमपातले चिसो बढाएपछि जनजीवन प्रभावित बनेको छ ।
करिब दुई दशकपछि डडेल्धुरामा फागुन महिनामा हिमपात भएको छ । केही दिनदेखि भइरहेको मौसम बदली र हल्का वर्षासँगै गएराति डडेल्धुरामा हिमपात भएको हो ।
जिल्लाको उच्च लेकाली भागको अनारखोली, भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा हल्का हिमपात भइरहेको स्थानीयले बताएका छन् ।हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न स्थानीयलाई समस्या भएको छ । एक्कासि बढेको चिसाले विशेषगरी वृद्ध–वृद्धा, बालबालिका तथा गरिखाने वर्ग प्रभावित भएका छन् ।पटकपटकको हिमपातले पाखो क्षेत्रमा लगाइएको हिउँदेबाली सप्रिने भए पनि वर्षाका कारण सिचाइँ हुने खेतमा लगाइएको गहुँलगायतको अन्नबाली भने नहुँने हो कि भन्ने पीर यहाँका किसानमा छ । यो वर्ष डडेल्धुरामा पाँचौपटक हिमपात भएको हो ।निरन्तरको हिमपातले मनाङमा चौँरी मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।मनाङ जिल्लामा रहेका कतिपय चौंरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा पति उत्तिकै चौंरी मरेका छन् । तल्लो मनाङका ताल, नाचे, तिल्चे, ओढार र तिमाङलगायतका ठाउँमा मात्रै ४०० चौँरी हराएका तथा तथा मरेको तथ्याङ्क किसानहरुको छ । माथिल्लो भेगमा त झन् कस्तो छ थाहा छैन । हिउँ पर्न रोकिएपछि मात्र यकिन तथ्याङ्क आउने चौँरीपालक सुरेश थकालीले बताए ।

English
MTV NEPAL MTVNEPAL


