कोटेश्वरमा जाम घटाउन सरकारको नयाँ उपाय ।

काठमाडौं -कोटेश्वरमा प्राय हर दिन जाम भएकै हुन्छ , गतको दिनहरुको तुलना धेरै कम जाम घटे पनि जाम पुरै नियन्त्रण भने आउन सकेको छैन  ।यहि कुरालाई मध्य नजर राखी अब सरकारले कोटेश्वर चोकमा हुने जामको जामको समस्या घटाउन भन्दै विकल्पिक सडकको प्रयोग गर्ने तयारी गरेको छ । सडक विभागको पहलमा जडिबुटीबाट रिंगरोडको बालकुमारीतर्फ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न दिन लागिएको हो ।जडिबुटीबाट प्रवेश गरी हिमालयन आँखा अस्पताल हुँदै बालकुमारी निस्कने सडकलाई स्तरोन्नति  यो पुल बनेपछि सवारीहरु जडिबुटीबाट सहज रुपमा बालकुमारी आउन सक्नेछन् । बालकुमारीबाट नदी करिडोर प्रयोग गरी शहरका जुनसुकै भागमा पुग्न पनि यसले सहज हुने दावी सडक विभागको छ ।
विभागका प्रवक्ता मुक्ति गौतमका अनुसार कोटेश्वरको जाम घटाउन यो सडक प्रभावकारी हुनेछ । उनले बेलिब्रिज राख्ने तयारी भइरहेको भन्दै समयभित्रै सडक प्रयोगमा आउने बताए ।यो सडकमा हाल रहेको पुलको क्षमता कमजोर भएकाले बेलिब्रिज जडान गर्न लागिएको हो । पुल कमजोर भएका कारण ठूला सवारीले यो बाटो प्रयोग गर्न सकेका छैनन् । त्यसैकारण ठूला सवारी आवातजावत गर्न सक्ने गरी यो मार्ग विस्तारको तयारी भएको हो ।भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता शिबहरि सापकोटा यो पुल निर्माणपछि नदी कोरिडोरको उपयोगिता पनि बढ्ने र कोेटेश्वरको जाम केही हदसम्म भए पनि घट्ने बताउँछन् ।पनि सहज बन्ने अपेक्षा गरिएको छ ।हाल कोटेश्वरमा जामको समस्या भयावह छ । कोटेश्वरको जाम घटाउन सरकारले सुरुङमार्गको योजना पनि ल्याएको छ । तर, अध्ययन हुनै बाँकी छ ।कलंकी कोटेश्वर खण्डको विस्तार भएपछि काटेश्वरमै आएर सवारी थुप्रिने समस्या छ । यस्तै काठमाडौंबाट बिपी राजमार्ग प्रयोग गर्ने सवारीले पनि यहाँ चाप बढाएका छन् । भक्तपुर र काभ्रेतर्फ जनघनत्व बढ्दै जाँदा काटेश्वरको जाम ठूलो समस्याका रुपमा देखिएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com