राष्ट्रियसभाको उपाध्यक्षका लागी चुनाव हुँदै

राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि संसद् भवन नयाँबानेश्वरमा आज मतदान हुँदैछ ।
वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी शशीकला दाहाल र नेपाली कांग्रेसका तर्फबाट वृन्दादेवी आले राना उपाध्यक्षको प्रतिस्पर्धामा छन् ।

राष्ट्रियसभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २÷२ जना सांसद छन् ।

तीन जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका सदस्य छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com