संभवत आज नै मन्त्रिपरिषद विस्तारको तयारी भईरहेका बेला माओवादी केन्द्र पनि मन्त्रि बन्नेहरुको नामावलि टुंग्याउन कसरत गरिरहेको छ ।
१८ सदस्यीय मन्त्रिपरिषदमध्ये माओवादीलाई सात मन्त्रालय दिने सहमति भएको छ । तर अब, फोरम पनि सरकारमा सहभागी हुने भएपछि माओवादी भागमा परेका मन्त्रालय घटाउने कि मन्त्रिपरिषदको संख्या थप्ने भन्ने विषय टुंगो लागिसकेको छैन ।
रामबहादुर थापा बादल र मातृका यादव सरकारमा मन्त्रि बनिसकेको समयमा माओवादीबाट अब करिब पाँच जना मन्त्रीहरु सरकारमा जानेछन् । यसमा वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र विना मगर पक्कापक्की जस्तै रहेको माओवादीका एक नेताले जानकारी दिए ।
जनार्दन शर्मालाई पनि मन्त्री बनाउनुपर्ने भनेर छलफल चले पनि कतिपय नेताहरुले उनलाई दोहोर्याउन नहुने बताउँदै आएका छन् । शर्माले यसअघि लगातार ऊर्जा र गृहमन्त्रालय सम्हालेका थिए ।

English
MTV NEPAL MTVNEPAL


