गुण्डा नाइके गणेश लामा पक्राउ

 गुण्डा नाइके गणेश लामालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। उनलाई पेस्तोल र गोलीसहित गौशालाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। होटल पशुपति भिजनमा गोली चलेपछि उनी पक्राउ परेका हुन्। यद्यपि, गोली कसैलार्इ लागेकाे छैन । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा लामाले आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गरेको स्रोतको भनाइ छ । लामा यसअघि काभ्रेको क्षेत्र नंं १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका लागि उम्मेदवार बनका थिए । यद्यपि, उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भएका थिए । उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com