न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई पदमुक्त गरेको बताए पनि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ गराएका छन् ।
सचिव नृपध्वज निरौलले हस्ताक्षर गरिएको पत्रमा प्रधानन्यायाधीश गोपाल पराजुलीको २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ । पत्रमा सचिवस्तरीय निर्णयबाट प्रधानन्यायाधीसलाई पदमुक्त गरिएको उल्लेखपत्रको अन्त्यमा भनिएको छ, सम्माननीय महोदयले न्यायसेवामा र्पुयाउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।
पत्रमा भनिएको छ, ‘सम्माननीय महोदयको ६५ (पैसट्ठी) वर्षको उमेर २०७४।४।२१ मा नै पुरा भईसकेको देखिन आएकोले आज मिति २०७४।११।३० को सचिवस्तरिय निर्णय अनुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु ।’
पत्रको अन्त्यमा भनिएको छ, सम्माननीय महोदयले न्यायसेवामा पुर्याउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।

English
MTV NEPAL MTVNEPAL


