एमाले स्थायी कमिटि बैठक आज बस्दैछ । राष्ट्रपति उम्मेदवार बारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाईएको हो ।
वाम गठबन्धनबीच एमालेलाई राष्ट्रपति दिने सहमति बनिसकेको भए पनि एमालेले यसको टुंगो लगाउन सकेको छैन । फागुन २९ का लागि तय भएको राष्ट्रपति चुनावमा उम्मेदवार बन्न वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसँगै वरिष्ठ नेता झलनाथ खनालले इच्छा देखाएका छन् ।
राष्ट्रपति उम्मेदवारका अतिरिक्त माओवादी केन्द्रसँगको एकता प्रक्रिया, सरकार विस्तारलगायत विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् ।
बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

English
MTV NEPAL MTVNEPAL


