पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
नेपाल भ्रमणमा रहेका प्रधानमन्त्रि अब्बासीसँग होटेल हायातमा भएको भेटमा नेपाल र पाकिस्तानबीचको दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताईएको छ ।
दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा आफूहरुबीच छलफल भएको पुर्वप्रधानमन्त्रि प्रचण्डले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिए ।
करिब ४५ मिनेट भएको भेटवार्तामा आर्थिक एवं व्यापारका विषयलाई सुदृढ गरेर लैजाने विषयमा विचारविमर्श भएको हो । दुईपक्षीय एवं बहुपक्षीय विषयमा छलफल हुँदा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई गतिशील बनाउन सबै सदस्य राष्ट्रले पहल गर्नुपर्नेमा जोड दिइएको उनले बताए ।
पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासीलाई प्रचण्डसँगै माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा ले भेट गरेका थिए ।

English
MTV NEPAL MTVNEPAL


