माओवादी केन्द्रले प्रचण्डकी बुहारी विना मगरलाई मन्त्री बनाउने तयारी गरेको छ । विना कञ्चनपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
विनालाई मन्त्री बनाउन माओवादीको ७ नम्बर प्रदेश कमिटीले निर्णय गरेको थियो । चुनावको मुखैमा पति बियोगमा परेकी विनालाई मन्त्री बनाउन प्रदेशका सबै नेताहरु सहमत भएको बताइएको छ ।
रामबहादुर थापा बादल गृहमन्त्री बन्ने भएका छन् भने अरुको नाम छलफलमै छ । स्रोतका अनुसार विना मन्त्री बन्ने पक्का छ । केही नेताले राज्यमन्त्री मात्र बनाउने प्रस्ताव गरेका थिए तर, उनी मन्त्री नै बन्ने लगभग पक्का भएको छ ।

English
MTV NEPAL MTVNEPAL


