नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले कांग्रेसले देशलाई कंगाल बनाएर सत्ता छोडेको आरोप लगाएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका गुरुङले कांग्रेसले देशलाई आर्थिक रुपमा कंगाल बनाएर सत्ता छोडेको आरोप लगाएका हुन् । रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचनपछि पराजय भोगेको कामचलाउ सरकारले दूरगामी असर पार्ने निर्णय गरेर देशलाई आर्थिक रुपमा कङ्गाल पारेको आरोप लगाएका हुन् । उनले यो समयमा बिगतमा पाँच अरब भन्दा बढी रकम जम्मा हुने गरेको भएपनि हाल एक अरब रकम घाटामा भएको उल्लेख गरेका छन् । यस्तै अर्को फरक प्रसंगमा गुरुङले आइतवारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् । माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने उनको भनाइ छ ।

English
MTV NEPAL MTVNEPAL


