राष्ट्रपतिले मनोनित गरेसँगै राष्ट्रियसभाले पायो पुर्णता

आज बिहान बसेको मन्त्रिपरिषद्ले सिफारिस गरेको राष्ट्रियसभा सदस्यका तीन सदस्यलाई राष्ट्रपति विद्यादेवि भण्डारीले मनोनित गरेसँगै राष्ट्रियसभाले पूर्णता पाएको छ ।

राष्ट्रियसभा सदस्यमा पूर्वगभर्नर युवराज खतिवडा, पूर्वसांसद रामनारायण विडारी र योजना आयोगका पूर्वसदस्य विमला पौडेल राई मनोनित भएका हुन् ।

सरकारले केहि घण्टा अगाडि पठाएको सिफारिसलाई राष्ट्रपति भण्डारीले मनोनित गरेकी हुन् ।

५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना चुनावबाट निर्वा्चित भएकाा छन् भने तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

मनोनित सदस्य मध्य खतिवडा राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका दुईपटकसम्म उपाध्यक्ष हुन भने बिडारी प्रचण्ड निकट कानुन ब्यवसायी दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट समानुपातिक सभासद् हुन् । त्यस्तै राई राष्ट्रिय योजना आयोगको पूर्वसदस्य तथा एमाले समर्थक वुद्धिजिवी संगठनमा रहेकी थिईन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com