विद्यालाई दोहोर्याउने नभए राजनीतिमा बोलाउने लबिङ

राष्ट्रपतिको चुनाव निकट हुनलागेको बेला वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई दोहोर्याउन एमालेभित्र लबिङ सुरु भएको छ । आज एमाले नेता युवराज कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै राष्ट्रपतिको एक पूर्ण कार्यकाल दोहोर्याउने महामहिम भण्डारीको चाहना जायज भएको बताएका छन् । त्यसो नहुँदा सक्रिय राजनीतिमा फर्कने चाहना राष्ट्रपति भण्डारीले राखेको र त्यो जायज भएको उनले बताएका छन् । स्टाटसमा उनले सक्रिय राजनीतिमा भण्डारी फर्किए उनलाई पार्टीको अध्यक्ष बनाएरै छाड्ने दावी समेत गरेका छन् ।

एमाले र माओवादी एक हुन लागेको तथा समग्र राजकीय पदमा भागवण्डा हुनलागेको बेला एमालेको एउटा पंक्तिबाट यस्तो धारणा आएको हो । राष्ट्रपति कसको भागमा पर्ने भन्दा एमाले र माओवादीबीच टुङ्गो लागेको छैन भने एमालेमै पनि पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति बन्ने चाहना खुलारुपमै राखेका छन् । उता, उप राष्ट्रपति नन्दबहादुर पुनले पनि पूर्ण कार्यकाल दोहोर्याउने चाहना राखेको बताइएको छ । यसहिसाबले दुवै पार्टीले भण्डारी र पुनलाई दोहोर्याउने निर्णय गर्न सक्ने पनि बताइएको छ ।

कार्कीको फेसबुकको स्टाट्स यस प्रकार छ, ‘महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी ज्यूको एक पटक पूर्ण कार्यकाल दोहोर्याउने चाहना एकदमै जायज छ ।सक्रिय राजनीति गर्ने इच्छा र उमेर हुँदा हुदै धेरै नेताहहरूको अनुरोधमा हिजो उहाँले २ वर्षे अन्तरिम कालको लागि सेरेमोनीयल राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु भएको थियो। यो दुई वर्षे अन्तरिम कार्यकालमा राष्ट्रको अभिभावकको रुपमा उहाँले राष्ट्रपतिको जिम्मेवारी अत्यन्त कुशलतापूर्वक पुरा गर्नु भएको छ। उहाको भद्रता, शालीनता, नम्रता र असल कार्यशैलीको आज उहाँको पूर्व पार्टी भन्दा बाहिरको पंक्ति र अन्तर्रा्ष्ट्रिय समुदायले समेत प्रशंसा गर्न थालेको छ।यस्तो स्थितिमा उहाँले एक पूर्ण कार्यकाल आफ्नो जिम्मेवारी दोहोर्याउन चाहनु एकदमै जायज छ ।यसबाट अर्को एकजना पूर्व राष्ट्र प्रमुख पाल्ने राज्यको खर्च समेत जोगिने छ। यस कोणबाट हेर्दा पनि यो कुरा ठीक छ। उहाको यो चाहना स्विकार्य भएन भने सक्रिय राजनीतिमा फर्कने उहाँको इच्छा विल्कुल जायज छ। आउनुहोस् जबजको मान्यता अनुसार पार्टी भित्र स्वच्छ लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट हामी तपाईलाई पार्टी अध्यक्ष बनाएरै छोड्छौ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com