काठमाडौं, फागुन ६ ।चुनौतिपुर्ण रुपमा एक वर्षभित्र चार वटा निर्वाचन सम्पन्न गराएको आयोगले ‘निर्वाचन दिवस’ उत्साहका साथ मनाउने तयारी गरेको छ ।
विसं २०१५ मा पहिलो संसदीय निर्वाचन सुरु भएको दिन फागुन ७ गतेलाई आयोगले केही वर्षदेखि निर्वाचन दिवसका रुपमा मनाउदै आएको छ ।
स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्य तथा राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक गराएको आयोग अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारीमा जुटिरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फागुन ७ गते मूल समारोहसहित तीन दिनसम्म विविध कार्यक्रम गरी निर्वाचन दिवस भव्य रुपमा मनाउन लागेको प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

English
MTV NEPAL MTVNEPAL


