६ फागुन, काठमाडौं । वाम गठबन्धनको नयाँ सरकारले सरकारी अस्पताललाई नै मेडिकल कलेज सञ्चालनको अनुमति दिने योजना अघि सार्ने भएको छ ।
पार्टी एकता संयोजन समितिले एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन भएपछि सोहि कार्यदलले सरकारले गर्नुपर्ने तत्कालिन र दीर्घकालीन कामको सन्दर्भमा मेडिकल कलेज सरकारले नै चलाउनुपर्ने सुझाव तयार पारेको छ ।
कार्यदलले वाम गठबन्धनको घोषणापत्रमा आधारित रहेर सरकारले गर्नुपर्ने कामका प्राथमिकता तय गरेको छ ।
सात सदस्यिय कार्यदलमा एमालेबाट भीम रावल, डा. विजय पौडेल र डा. युवराज खतिवडा सदस्य छन् भने माओवादीबाट वर्षमान पुन, गिरिराजमणि पोखरेल र मीनवहादुर श्रेष्ठ सदस्य छन् ।
कार्यदलका एक सदस्यका अनुसार सम्बन्धनको पर्खाईमा प्राइभेट मेडिकल कलेजका बारेमा केही बोलिएको छैन ।
एमाले नेता राजेन्द्र पाण्डे अध्यक्ष रहेको मनमोहन मेडिकल कलेज, झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन केपी ओली र प्रचण्ड पहिलेदेखि नै सकारात्मक छन् ।
कार्यदलले प्रत्येक प्रदेशमा एक एकवटा औद्योगिक क्षेत्र र प्रत्येक स्थानीय तहमा एक एकवटा बहुप्राबिधिक (पोलिटेक्निक) विद्यालय स्थापनाको काम तत्कालै गर्नुपर्ने सुझाव दिएको छ । त्यस्तै रेल्वे कनेक्टिभिटीका लागि चीनसँग वाम गठबन्धनको सरकारले सम्झौता गरिहाल्नुपर्ने सुझाव समेत कार्यदलले तय गरेको छ ।

English
MTV NEPAL MTVNEPAL


