सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सिन्धुलीमा बोलेरो जीप सडकबाट खस्दा चार जना यात्रुको घट्नास्थलमै ज्यान गएको छ । बीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–२ सेल्फीडाँडा नजिकै सदरमुकाम सिन्धुलीमाढीबाट सिन्धुलीकै तीनकन्या नाकाझोलीतर्फ जाँदै गरेको बा ११ च २२७५ नम्बरको जीप बेलुका पाँच बजे सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मृतकको सनाखत भइनसकेको र घाइते यात्रुहरुलाई उपचारका लागि सिन्धुली अस्पतालमा पठाइएको र घाइतेमध्ये गम्भीर रहेका पाँच जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com