प्रदेश ६ को उपसभामुखमा पुष्पा घर्ती निर्बिरोध

काठमाडाैं ।  प्रदेश ६ को उपसभामुखमा सांसद पुष्पा घर्ती मगर निर्बिरोध चयन भएकी छन् । वाम गठबन्धनको भागबण्डामा माओवादीको भागमा परेको उपसभामुखमा माओवादीबाट उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उपसभामुखका लागि अरु कसैको पनि उमेदवारी नपरेकोले पुष्पा निर्बिरोध भएकी छन् । उपसभामुखका लागि माओवादीबाट आकांक्षा देखाएकी कृष्णा शाहले पनि समर्थन गरेपछि पुष्पा सर्बसम्मत बनेकी हुन् ।

सुर्खेतबाट समानुपातिक सांसद बनेकी घर्ती मगर माओवादी केन्द्रको पोलिटव्यूरो सदस्यको जिम्मेवारीमा छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com