२९ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन हो ।
सूची बुझाउन साँझ पाँच बजेसम्मको समय निर्धारण गरिएको छ ।
अन्तिम दिन भएकाले कांग्रेस, माओवादी र मधेसकेन्द्रित दलहरु निर्वाचन आयोगमा सूची बुझाउनका लागि गृहकार्यमा जुटेका छन् । तर, नेकपा एमालेले भने आइतबारै सूची बुझाइसकेको छ ।
नामावलीबारे छलफल गर्न नेपाली कांग्रेसले बिहान कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
सामानुपातिकतर्फ ४० सिट पाएको कांग्रेसले २० जना महिला पठाउनु पर्नेछ ।
यसैगरी माओवादीले १७, संघीय समाजवादी फोरम र राजपाले ६–६ सिट पाएका छन् ।

English
MTV NEPAL MTVNEPAL


