हेटौँडाको क्षेत्रीय शिक्षा निर्देशनालयमा प्रदेश नम्बर ३ को प्रदेशसभाको बैठक सुरु भएको छ । सबैभन्दा ज्येष्ठ सदस्य डोरमणि पौडेलको अध्यक्षतामा सभा भइरहको छ । बैठकको शुभारम्भ गर्दै अध्यक्ष पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएका छन् । त्यसपछि ज्ञात अज्ञात शहीदको सम्झनामा एक मिनेट मौन धारण गरी बैठक अघि बढेको छ । बैठकमा दलहरूको तर्फबाट धारणा राख्नेक्रम जारी छ । यसक्रममा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्यले धारणा राखेकी छन् ।
बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको छ भने तोकिएका र प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको छ । संघीयता लागूपछिकै पहिलो प्रदेशसभा बैठक भएकाले बैठकस्थलमा उच्च कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति बाक्लो छ । बैठकले सभामुखका निर्वाचनका लागि मिति तय गर्नेछ । यस प्रदेशसभाका कूल ११० सदस्य छन् ।

English
MTV NEPAL MTVNEPAL


