संसदीय दलको नेतामा देउवाले अघि सारे शशांक, पौडेल धर्मसंकटमा

प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा महामन्त्री डा. शशांक कोइरालालाई अघि सार्ने तयारी गरेका छन् । पार्टीले चुनावमा लज्जास्पद हार बेहोरेपछि पार्टीभित्रबाटै चर्को आलोचना खेपिरहेका देउवाले कोइरालालाई संसदीय दलको नेता बताएर नेतृत्व हस्तान्तरणको संकेत दिन खोजेको बताइएको छ । पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल सम्ुहका भनिएका पूर्व महामन्त्री प्रकाशमान सिंहले संसदीय दलको नेतामा आफू प्रतिस्पर्धा गर्ने अभिव्यक्ति दिइरहेका बेला देउवाले पौडेल समुहकै कोइरालालाई अघि सारेर पौडेल समुहलाई कमजोर बनाउने खेल खेलेको अनुमान कतिपय नेताहरुले गरेका छन् । पौडेल समुहबाट संसदीय दलको नेतामा दाबी गरेका सिंहलाई पनि देउवाले कोइरालालाई अघि सारेपछि समस्या हुने निश्चित छ ।

पौडेललाई पनि आफ्नै समुहका नेतालाई देउवाले च्यापेपछि धर्मसंकटमा पर्ने निश्चित छ । कोइरालालाई नै समर्थन गर्दा प्रकाशमानलाई मनाउनुपर्ने चुनौति छ भने समर्थन नगर्दा आफ्नै समुहबाट महामन्त्रीमा विजयी भएका कोइराला रुष्ट हुने सम्भावना छ । देउवाले प्रकाशमानसँग प्रतिस्पर्धा गर्नुभन्दा कोइरालाई अघि सार्दा सहज हुने भएकाले नयाँ रणनीति लिएको बुझिएको छ । यद्यपी देउवाले पौडेल समुहका कोइरालालाई संसदीय दलको नेता बनाउँदा देउवा समुहकै कतिपय नेताहरु भने रुष्ट हुने देखिन्छ । पार्टीको पराजयपछि निकै आलोचना खेपेका देउवाले नेतृत्व हस्तान्तरणको माग गर्ने युवा नेताहरुको समुहबाट विश्वप्रकाश शर्मालाई प्रवक्ता र बद्री पाण्डेलाई राष्ट्रियसभाको उम्मेदवार बनाएर युवा नेताहरुको समुह फुटाइसकेका छन् । अब कोइरालालाई अघि सार्दा पौडेल समुह कमजोर बन्ने अनुमान देउवाको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com