दिपक मनाङेबारे ओलीले मुख खोले

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्तव्य ज्यान मुद्दामा ५ वर्ष जेल सजायँ पाएका मनाङ (ख)का प्रदेशसभा सांसद दिपक मनाङेको सजाय नयाँ सरकारले रद्ध नगर्ने स्पष्ट पारेका छन्। विहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले मनाङ्गे स्वतन्त्र सांसद भएको र उनको एमालेसँग कुनै सरोकार नरहेको स्पष्ट पारे। ‘उहाँ स्वतन्त्र सांसद उठ्नुभो, जित्नभो। अदालतमा मुद्दा थियो र छ त्यो उहाँको विषयको कुरा हो। हामीलाई सरोकार छैन्,’ उनले भने।

 अदालतको फैसलामाथि माथिल्लो अदालतले निर्णय लिने भन्दै अदालतको फैसला सरकारले रद्ध गर्न नमिल्ने टिप्पणी गरे। ‘उहाँको के मुद्दा हो, अदालले के फैसला गर्छ? अदालतमा पनि उहाँले बयान गरेको होला। अदालतले फैसला गरेको होला। अदालतको फैसला माथिल्लो अदालतले हेर्ला।सरकारले रद्ध गर्दैन,’ उनले भने। मनाङ्गेलाई पाटन अदालतले सुनाएको ५ वर्षको जेल सजायँलाई सर्वोच्च अदालतले भर्खरै सदर गरेको थियो। मुद्दाको फैसलाका क्रममा २ वर्ष थुना बसेका मनाङ्गेले अहिले सांसद भइसकेको अवस्थामा अब ३ वर्ष जेल बस्नुपर्नेछ। चुनावको मुखैमा एमाले प्रवेश गरेर स्वतन्त्र सांसद निर्वाचित मनाङ्गेलाई मनाङमा एमालेले उम्मेदवार नउठाएर सघाएको थियो। एमालेसम्बद्ध भएकाले उनलाई वाम गठबन्धनको आगामी सरकारले उन्मुक्ति दिने चर्चा चलेपछि ओलीले आज मुख खोलेका हुन्।

THIS IS ADD AREA
x

Check Also

भारतिय मगन्ते भन्छन् नेपाली नागरिकता चाहियो ,,तराईबासीले पाउने कहिले?

नगरिकताको विषयले अहिले देशमा आगो बलिरहेको छ । केहि समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक पास गरियो । नागरिकता विधेयकको विरुद्धमा आम नागरिकले चर्को ...

Social Media Auto Publish Powered By : XYZScripts.com