विपन्न परिवारलाई कम्बल वितरण करिब रु सात लाख मूल्य बराबरको कम्बललगायतका अन्य कपडा वितरण

मोरङको जहदा गाउँपालिकाअन्तर्गत विपन्न परिवारका एक हजारलाई यहाँ बुधबार न्यानो कम्बल वितरण गरिएको छ। पूर्वमन्त्री एवं सांसद शिवकुमार मण्डलले जहदा गाउँपालिका, भ्रातृ सामुदायिक कल्याण समाज र एमएमसी (मननाइट सेन्ट्रल) नेपालको सहयोगमा प्रदान गरिएको करिब रु सात लाख मूल्य बराबरको कम्बललगायतका अन्य कपडा वितरण गरे । मोरङ क्षेत्र नं ५ बाट विजयी हुनुभएका सांसद शिवकुमार मण्डलले कम्बल वितरण गर्दै यस क्षेत्रका जनतालाई आउँदा दिनमा रोजगारीमूलक कार्यक्रम सञ्चालन गरी आफैँ सक्षम बनाउन लाग्नुपर्ने बताए ।

मोरङ प्रदेशसभा सदस्य जयराज यादवले यस क्षेत्रमा रोजगारीमुलुक कार्यक्रमको सञ्चालन गरी जनतालाई समक्ष बनाउने आवश्यकत्तामा जोड दिए । जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सोही गाउँपालिकाका उपाध्यक्ष सालो साह, वडा नं २ र ३ का अध्यक्ष क्रमशः राजेश श्रेष्ठ, अनिल ठाकुर र भ्रातृ सामुदायिक कल्याण समाजका निर्देशक शेमलाल हेमरम, उपाध्यक्ष पिटर मोहन लिम्बू तथा गणेश साहले आगामी दिनमा शिक्षालगायतका अन्य कार्यक्रम गर्ने बताए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com